पदमुक्त हुनासाथ प्रधानमन्त्रीद्वारा संसद अधिवेशन आजै अन्त्य गर्न सिफारिस

निरन्तर न्यूज
२७ बैशाख २०७८, सोमबार २०:२५

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी ओली नेतृत्वको क्याबिनेटले संसदको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्न सिफारिश गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकमार्फत विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी पदमुक्त भइसकेका छन् । ओली अहिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*