आज मकवानपुरमा १४८ जनामा काेराेना संक्रमण पुष्टि

निरन्तर न्यूज
२७ बैशाख २०७८, सोमबार २०:४७

हेटाैँडा ।  मकवानपुरमा पछिल्लो २४ घन्टामा १४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार दिउसो २ बजेको विवरण अनुसार १६१ जनाको पिसिआर परिक्षण गर्दा १०६ जना र ९० जनाको एन्टीजिन विधिबाट गरिएको परिक्षणमा ४२ जना संक्रमित थपिएका हुन् । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १०२ जना छन् ।

त्यस्तै थाहा नगरपालिकामा १४ जना, गढी गाउँपालिकामा १४, बागमतीमा २ र मनहरी गाउँपालिकामा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएका छन् । आज सस्थागत आइसोलेसनबाट १ जना र होम आइसोलेसनबाट ३० जना डिस्चार्ज भएको बताइएको छ ।

मकवानपुर जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ५९५ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*