प्रशिक्षक जिदानले रियल मड्रिड छाडे

निरन्तर न्यूज
१३ जेष्ठ २०७८, बिहीबार १७:५७

काठमाण्डाैँ । स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडेका छन् । बिहीबार रियलले विज्ञप्ति जारी गर्दै फ्रान्सेली कोच जिदानले सान्टियागो बर्नाबेउ छोडेको पुष्टि गरेको छ ।

एथ्लेटिको मड्रिडसँग झिनो अङ्कले उपाधि जित्नबाट बन्चित भएको केही दिनमा नै जिदानले प्रशिक्षकको पद त्यागेका हुन् । जिदानले रियल छोडेको यो दोस्रो पटक हो । यसअघि लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताएका उनले २०१८ मा राजीनामा दिएका थिए । पुनः उनी २०१९ मा रियलको प्रशिक्षण सम्हाल्नेगरी फर्किएका थिए ।

‘जिनेदिन जिदानले क्लब छोड्ने निर्णय गरेका छन् । उनको निर्णयलाई सम्मान गर्दै आगामी भविष्यको कामना गर्छौँ । विगत तीन वर्षमा उनको योगदान अतुलनीय छ,’ रियलले बिज्ञप्ती  विज्ञप्तिमा भनेको छ ।

सन् २०१९ मा प्रशिक्षक सान्टियागो सोलारीलाई बर्खास्त गर्दै रियलले जिदानलाई प्रशिक्षक नियुक्त गरेको थियो । त्यसअघि जिदानले २०१६ देखि १८ सम्म रियलको नेतृत्व सम्हालेका थिए । जिदानको नेतृत्वमा रियलले तीन पटक च्याम्पियन्स लिग र दुई ला लिगा जितेको छ । यस्तै उनले रियललाई दुई पटक युएइएफए सुपर कप, दुई पटक क्लब विश्वकप र दुई पटक स्पेनिस सुपर कप जिताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*