फिफाको वरीयतामा नेपालकाे स्थान यथावत

निरन्तर न्यूज
१३ जेष्ठ २०७८, बिहीबार १८:४६

काठमा्णडाैँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ७१औँ स्थानमा यथावत रहेको छ ।

अघिल्लो महिना पनि नेपाल एक सय ७१औँ स्थानमै थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियाली राष्ट्रमा भारत एक सय पाँचौं स्थानमा छ भने माल्दिभ्स एक सय ५५औँ स्थानमा छ ।

यसैगरी, बङ्गलादेश एक सय ८४औँ स्थानमा छ भने भुटान एक सय ८७औँ, पाकिस्तान एक सय ९९औँ र श्रीलङ्का दुई सय चारौं स्थानमा छन् ।

फिफाको नयाँ वरीयताअन्तर्गत शीर्ष स्थानमा बेल्जियम छ भने दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इङ्ग्ल्यान्ड र पाँचौ स्थानमा पोर्चुगल छ । छैटौँ स्थानमा स्पेन रहँदा इटाली अर्जेन्टिना, उरुग्वे र डेनमार्क क्रमशः सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*