खाेपका लागि २६ अर्ब ७५ कराेड, जेष्ठ नागरिक भत्ता ४ हजार (बजेट वक्तव्य)

निरन्तर न्यूज
१५ जेष्ठ २०७८, शनिबार १७:११

हेटाैँडा । आज अर्थमन्त्री बिष्णु पाैडेलले आगामी आर्थिक वर्ष २०७८/ ७९  का लागि अध्यादेशमार्फत आएको बजेट प्रस्तुत गरिरहेका छन् ।

बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री पाैडेलले सरकारले खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाउदै खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुनेछ ।

सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।

सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ ।

यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*