ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस् : प्रचण्ड

निरन्तर न्यूज
१९ जेष्ठ २०७८, बुधबार २१:४५

काठमाडौं  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय तुरुन्त खारेज गर्न माग गरेका छन्। बिहीवार सामाजिक सञ्जाल फेसबूक सन्देशमार्फत प्रचण्डले सरकारले कुर्सी बचाउन राष्ट्र र जनविरोधी निर्णय लिएको आरोप लगाउँदै यस्तो माग गरेका हुन् ।

‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराईलाई मरुभुमीकरण गर्ने राष्ट्र र जन विरोधी निर्णय तुरुन्त खारेज गरियोस्,’ प्रचण्डले भनेका छन्।

सरकारले शनिबार सार्वजनिक गरेको बजेटमा वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गर्ने नीति सार्वजनिक गरेको थियो । यस्तो नीतिले चुरे क्षेको विनास हुने भन्दै अहिले व्यापक विरोध भइरहेको छ।

चाैतर्फी विरोध बढ्न थालेपछि अर्थमन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै चुरे क्षेत्रको संरक्षण र सम्वर्द्धन गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*