आज मकवानपुरका ८४ जनामा काेराेना पुष्टि

निरन्तर न्यूज
२३ जेष्ठ २०७८, आईतवार २१:०८

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१ सय ५७ जनमा पिसिआर र ९० जनामा एन्टीजेन परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको हो ।

आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी २९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका १६ जना,थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका भित्रका १२/१२ जना,बकैया गाउँपालिका भित्रका ११ जना,बागमती गाउँपालिका भित्रका २ जना तथा भीमफेदी र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९ हजार ३ सय ३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*