विश्वासकाे मत लिदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट

निरन्तर न्यूज
२५ जेष्ठ २०७८, मंगलवार १०:१५

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् ।

प्रदेशसभाको बैठक आज बिहान ९ बजे बस्दैछ । मुख्यमन्त्री भट्टले प्रदेशसभा बैठकबाट विश्वासको मत लिने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको पनि उनले बताए ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । भने माओवादी केन्द्र नेतृत्वको सरकार छ । विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन निर्देशन गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*