आज पनि मकवानपुरमा काेराेना संक्रमित भन्दा संक्रमण मुक्त हुने बढि

निरन्तर न्यूज
२७ जेष्ठ २०७८, बिहीबार १६:२१

हेटौंडा । मकवानपुर जिल्लामा पछिल्लाे केही दिन यता काेराेना संंक्रमण पुष्टि हुने भन्दा संक्रमण मुक्त हुने बढ्न थालेका छन् ।

आज स्वास्थ्य कार्यालय मकवानपुरले दिएका तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ६२ संक्रमित थपिदा १४२ जना कोरोना मुक्त भएका छन । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका १४२ जना बुधबार संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ७२ जना, थाहानगरका ३१ जना, मकवानपुर गढी गाउँपालिकामा १ जना, बागमती गाउँपालिकामा १४ जना, मनहरीमा-२ जना, कैलाश गाउँपालिकामा २ जना राक्सिराङमा ५ बकैयामा ४ जना र भिमफेदी गाउँपालिकामा १३ जना गरी जम्मा १७७ जना कोरोना मुक्त भएका हुन । आज संक्रमण मुक्त हुने १४२ जना जाेडिएकाे छ ।

यस सँगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ७ हजार ७ सय ५३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*