हेटाैँडा उपमहानगर रहेकाे वडा २ मा जम्मा ६१ जनाले मात्र लगाए भेराेसेल खाेप

निरन्तर न्यूज
२७ जेष्ठ २०७८, बिहीबार १८:२२

हेटाैँडा । मकवानपुर जिल्लामा चीनबाट ल्याइएकाे काेराेना बिरुद्ध लगाइने भेराेसेल खाेपकाे २ दिने राष्ट्रिय अभियान सम्पन्न भएकाे छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेकाे नीति बमाेजिम जेठ २५ र २६ गते सन्चालन गर्ने भनिएता पनि मकवानपुरका एक गाउँपालिका बाहेकमा जेठ २६ गतेबाट सन्चालन गरिएकाे हाे ।

हेटाैँडा उपमहानगरपालिकाका वडा अध्यक्षहरु र मेयर हरी बहादुर महतकाे बीचमा खाेप सन्चालन गर्ने विषयमा असमझदारी बढेपछि जेठ २६ गते समेत खाेप अभियान केही समय स्थगित भएकाे थियाे ।  मेयर महतले खाेप सन्चलान नगर्न निर्देशन दिए पनि उनकाे निर्देशन कार्यान्वयन भएन ।

स्थानीय ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकहरु आ आफ्नाे स्वास्थ्य चाैकीमामा परिचयपत्र सहित उपस्थित भएपछि नैतिक दबाबमा परेका उपमहानगरका केही वडा अध्यक्षहरुले आफ्नाे वार्डकाे लागि स्वास्थ्य कार्यालय मकवानपुरले ताेकेकाे मात्रा लिएर निस्किए ।

याे घटना पछि केही वडा अध्यक्षहरुले उपमहानगरका उपमेयर मिना लामासँग समन्वय केही समय स्थगन भएकाे खाेप अभियानले निरन्तरता पायाे। केही वडाहरुले भने जेठ २७ गते मात्र खाेप लगाइने सूचना जारी गर्याे ।

आज ५ बजेपछि उक्त अभियान सम्पन्न भइसकेकाे र तथ्यांक संकलन गर्ने कार्य भैरहेकाे स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार सबै स्थानीय तहबाट तथ्यांक संकलन भैसकेपछि मात्र खाेप के कति खपत भयाे भन्ने थाहा हुनेछ ।

यता हेटाैँडा उपमहानगरपालिका वार्ड नम्बर २ मा भने जम्म ६१ जनाले मात्र भेराेसेल खाेप लगाएकाे बनस्खण्डी शहरी स्वास्थ्य केन्द्रकी प्रमुख जाेशीका शर्माले जानकारी दिइन् । जसमा पहिलाे दिन जेठ २६ गते ४४ जना (२५ जना पुरुष र १९ जना महिला) तथा दाेश्राे दिन १७ जना (११ जना पुरुष र ६ जना महिला) गरेर कुल ६१ जनाले भेराेसेल खाेप सेवा प्राप्त गरेकाे प्रमुख शर्माले जानकारी दिइन् ।

१४० डाेज खाेप प्राप्त भएकाे उक्त वडामा १३ जनाले दाेश्राे डाेज खाेप लगाएपछि मात्र  खाेप सेवा लिनेकाे संख्या ६१ पुगेकाे हाे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*