गण्डकी प्रदेशका मुख्यमन्त्री पदमुक्त

निरन्तर न्यूज
२७ जेष्ठ २०७८, बिहीबार १८:३१

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएसँगै पदमुक्त भएका छन् । विहीबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदानमा ५८ सांसद उपस्थित रहेकोमा ५७ जना मात्र मतदान प्रक्रियामा सहभागी भए ।

मुख्यमन्त्री गुरुङले २७ मत मात्र प्राप्त गरे । हुन्न भन्ने पक्षमा अर्थात् विपक्षमा ३० मत खसेको सभामुख नेत्रप्रसाद अधिकारीले जानकारी दिए । मतदानमा सांसद दिपक मनाङे अनुपस्थित रहेका थिए ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

गुरुङले वैशाख २९ गते संसदमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिएका थिए ।

प्रदेशसभामा ठूलो दलको हैसियतमा संविधानको धारा १६८(३) अनुसार बैशाख २९ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*