मकवानपुरमा तीन दिनमा ३२ सय ४२ जनाले लगाए भेेराेसेल खाेप

निरन्तर न्यूज
२७ जेष्ठ २०७८, बिहीबार १९:४९

हेटाैँडा । मकवानपुर जिल्लामा हालसम्म भेराेसेल खाेप (चाइनिज भ्याक्सिन) लगाउनेकाे संख्या ३ हजार २ सय ४२ जना पुगेकाे छ ।

मकवानपुर जिल्लाकाे लागि ६ हजार ५ सय डाेज खाेप प्राप्त भएकाेमा अभियानकाे तीन दिनसम्ममा ३२ सय ४२ जनाले खाेप लगाएकाे स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

जेठ २५ गते जिल्लाकाे बागमती गाउँपालिकाकाे बेतीनी स्वास्थ्य चाैकी फापरबारिबाट शुरुवात भएकाे भेराेसेल खाेप लगाउने अभियानमा पहिलाे दिन १७ जना,  जेठ २६ गते दाेश्राे दिन १४४७ जना र जेठ २७ गते तेश्राे दिन १७७८ जनाले खाेप लगाएकाे सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार आज हेटाैँडा उपमहानगरमा ७८० र अन्य ९ वटा स्थानीय तहमा ९९८ गरेर कुल १७७८ जनाले खाेप लगाएका हुन् । याे खाेप लगाउने कार्यक्रम नियमित रहने समेत घिमिरेले बताए ।

खाेप सेवा बारे थप निर्णय जिल्ला काेभिड १९ संक्रमण व्यवस्थापन केन्द्र मकवानपुरकाे बैठकमा छलफल भएर प्राप्त निर्देशन प्राप्त भएपछि मात्र थाहा हुने उनले बताए ।

जिल्लालाई प्राप्त ६ हजार ५ सय डाेज खाेपमा ३२४२ डाेज खाेप खपत हुनु ४९.८८ प्रतिशत हाे । अब बक्याैता रहेकाे खाेपमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार खाेप सेवा लिने सेवाग्राहीकाे उमेर समूह क्रमश ६१,६० वर्ष हुँदै जानेछ । तर यसबारे आधिकारीक निर्णय भैनसकेकाे उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*