आज नेपालले स्तर परीक्षण खेलकाे रुपमा अष्ट्रेलियासँग भिड्दै

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १०:३३

नेपालले फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा समूह बी को अन्तिम खेलमा आज अस्ट्रेलियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति ९:४५ मा हुदै छ ।

नेपालको विश्वकप २०२२ र एशियन कप २०२३को संयुक्त छनौट अन्तर्गतको यो अन्तिम खेल हो । नेपाल विश्वकपमा छनौटबाट बाहिरिइसकेको छ भने एशिया कपको छनौटको सम्भावना भने कायम रहेको छ ।

अहिले विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत अहिलेसम्म खेलेका ७ खेलमा २ जित र ५ हारसहित ६ अंक जोडेको छ भने समुहमा नेपाल चौथो स्थानमा रहेको छ ।

त्यस्तै अस्ट्रेलिया ६ खेलमा अपराजित रहदै १८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।त्यस्तै जोर्डन ६ खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ भने कुवेतको ६ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै समूहको पुछारमा रहेको ताइपेइको ७ खेलमा कुनै अंक छैन ।

नेपालले यस अघि अस्ट्रेलियासँग खेलेको एक मात्र खेल २०१९ अक्टोबर १० मा ५-० गोल अन्तरले पराजित भएको । छनौट चरणको पहिलो चरणमा एक जित निकालेको नेपालले दोस्रो चरणमा पनि एक जित चाइनिज ताइपेइविरुद्ध मात्र जित निकाल्न सफल भयो । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई २-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै अर्को खेलमा जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*