जनमाेर्चाका सांसद थापा पुन: पदमुक्त

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १४:०७

काठमाडौं । पार्टीको ह्वीप उल्लंघन गरेको आरोपमा गण्डकी प्रदेश सभाका सांसद कृष्ण थापा पुनः पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाले सांसद थापालाई बिहीवार पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पदमुक्त गरेको हो ।

बिहीवार मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको विपक्षमा मतदान गर्नका लागि पार्टीले ह्वीप जारी गरेको थियो । तर सांसद थापा भने तटस्थ बसेका थिए । सोही कारण उनलाई कारवाही गरिएको र त्यसको जानकारी समेत प्रदेशसभालाई गराइएको स्रोतले जनाएको छ ।

यसअघि पनि पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै पार्टीले पदमुक्त गरेको थियो । सोही क्रममा उनले पदबहालीको लागि सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले केही दिन अघि मात्रै उनको पद बहाली गरिदिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*