मकवानपुरमा माेटरसाइकल दुर्घटना हुँदा दम्पत्ती घाइते, श्रीमानकाे अवस्था गम्भीर

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १४:४९

हेटाैँडा । मकवानपुरको पश्चिमि क्षेत्रकाे मनहरीमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

मनहरीबाट रुपाचौरतर्फ जाँदै गरेको लु ६२ प १००६ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, घाइते हुनेहरुमा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका वडा नम्वर ६ का ३८ वर्षीय चित्रबहादुर लामा र सवार ३३ वर्षीया लक्ष्मी लामा रहेका छन् । उनीहरु श्रीमान र श्रीमती हुन् ।

घाइतेमध्ये मोटरसाइकल चालक चित्रबहादुरको अवस्था गम्भीर रहेका छन् । घाइते दुबै जनाको मनहरी स्वास्थय केन्द्रमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवन अस्पताल रिफर गरिएको प्रवक्ता रिमालले बताए ।

उनका अनुसार, उक्त मोटरसाईकल सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*