सचेत नागरिक समूहद्वारा सुरक्षाकर्मीलाई पिउने पानी सहयाेग

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १५:१७

हेटाैँडा । सचेत नागरिक सेवा समूहकाे आयाेजना तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा -१० को सहकार्यमा  वडा प्रहरी कार्यालय हेटाैँडाबाट खटिने सुरक्षाकर्मीकाे लागि पिउने पानी सहयाेग गरेकाे छ ।

युवा समूहका अध्यक्ष शिब नारायण श्रेष्ठकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्याम ढकालले ५० कार्टुन पिउने पानी (मिनरल वाटर) वडा प्रहरी कार्यालय हेटाैँडाका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टलाई हस्तान्तरण गरेका छन् ।

उप केन्द्रका अध्यक्ष प्रदिप कँडेलकाे उपस्थितिमा सामुदायिक प्रहरी कार्यालय तथा ट्राफिक प्रहरीहरुलाई १५ सेट खाजा समेत सहयाेग गरिएकाे कार्यक्रम संयाेजक अनल श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा नबिन जाेशी, शर्मीला श्रेष्ठलगायत अभियन्ताहरुकाे उपस्थितिरहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*