हेटाैँडाकाे जरुवाटाेलमा ४४ लाखकाे स्वास्थ्य चाैकीकाे भवन बन्ने

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १५:२२

हेटौंडा । हेटौंडा उपमहानरपालिका क्षेत्रमा शहरी स्वास्थ्य संस्थाका भवन धमाधम निर्माण भइरहेका छन् । अहिले कोठा भाडामा बसेका शहरी स्वास्थ्यका कार्यालयको आफ्नै भवन निर्माण गरेर व्यवस्थित ढंगले सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

हेटौंडाका १९ वटा वडामा शहरी स्वास्थ्यका कार्यालय सञ्चालनमा रहेका छन् । ती सबै कार्यालयलाई आफ्नै भवनमा सार्ने योजनाका साथ शहरी स्वास्थ्यका भवन निर्माणको कामलाई तिब्रता दिइएको मेयर महतले वताउनुभयो । यहीक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ जरुवाटोलमा शहरी स्वास्थ्य चौकीको भवनको मेयर महतले शिलान्यास गर्नु भएको छ ।

४४ लाख रुपैयाँ लागतमा शहरी स्वास्थ्य भवन निर्माण गर्न लागिएको हो । आउँदो असार मसान्त सम्ममा भवन निर्माणको काम सक्ने लक्ष राखिएको छ । कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*