दक्षिणकालीमा एक महिलाको शव फेला, तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा

निरन्तर न्यूज
८ असार २०७८, मंगलवार १७:०७

काठमाडौं । दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ । दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको इलाका प्रहरी कार्यालय फर्पिङकी कार्यालय प्रमुख सरला गिरीले जानकारी दिइन् ।

“गह्रुंगो वस्तुले थिचेर अनुहार नै नचिनिने गरि ट्वाइलेटमा शव भेटिएको छ । फेरेन्सिक टोली र तालिम प्राप्त कुकुर घटनास्थल आइसकेका छन् थप अनुसन्धान गर्दै छौँ ।” गिरीले जानकारी दिइन् ।

प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । शव कसको हो भनेर सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय फर्पङ्गिले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*