हेटाैँडा उपमहानगरद्वारा सन्चारकर्मी र स्वास्थ्यकर्मी सम्मानित

निरन्तर न्यूज
१० असार २०७८, बिहीबार २१:३२

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नबौ नगरसभाका अवसरमा मकवानपुरमा क्रियाशिल सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीलाई आज सम्मान गरेको छ । नगरसभाका अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौषल पाण्डेलाई अग्रज पत्रकारबाट नगद १५ हजार रुपैयाँ सहित सम्मानीत गरिएको छ ।

त्यसैगरी राष्ट्रिय समाचार समितिमा मकवानपुरका सम्बाददाता रिपेश दाहाल, ग्यालेक्सी टेलिभिजन मकवानपुरका सम्बाददाता देबराज पन्त, हेटौंडा एफ एमका जिवराज बख्रेल, थाहा खवरमा कार्यरत श्रृजना नेपाल र रेडियो मकवानपुरमा कार्यरत सम्झना रिजाललाई पुरस्कृत गरिएको हो । सञ्चारकर्मी सबैले जनही १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।

पत्रकार तथा स्वास्थ्यकर्मीलाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले सम्मान पत्र, नगरद तथा दोसल्लाह ओढाएर पुरस्कृत गर्नुभयो ।

त्यसैगरी कोरोना महामारीको समयमा पनि दिनरात नभनीकन स्वास्थ्य क्षेत्रमा खटिनु भएका हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेलाई नगद २५ हजार, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाई नगद २० हजार सहित सम्मानित गरिएको हो । यसैगरी कोरोनाको बिरामी ओसार्दै आएको खडानन्द टष्टलाई पनि सम्मानित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*