राक्सिराङ् गाउँपालिकाको बजेट ५४ करोड ७२ लाख

निरन्तर न्यूज
१० असार २०७८, बिहीबार २१:४८

हेटौंडा । राक्सिराङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट प्रस्तुत गरेको हो ।

बिहीबार भएको १० औं गाउँसभामा उपाध्यक्ष निर्मला हिम्डुङले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको पुँजीगत तर्फ २५ करोड ८८ लाख रुपैया र चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

राक्सिराङ गाउँपालिकाको आगामी आगामी आर्थिक वर्षको आषाढ मसान्तसम्ममा आन्तरिक राजश्व वृद्धि भई ४ करोड ८३ लाख रुपैयाँ संकलन हुने, चालू आर्थिक वर्षमा ३ करोड रुपैयाँ मौज्दात रहने, संघीय सरकारबाट ३९ करोड १८ लाख १३ हजार रुपैयाँ र प्रदेश सरकारबाट ७ करोड ७१ लाख ०७ हजार ८ सय ४३ रुपैंया वित्तीय हस्तान्तरण मार्फत प्राप्त हुने अनुमान गरिएको छ ।

पालिकाले स्थानीय जनतालाई “प्रभावकारी स्थानीय सरकार” को अनुभूति गराउन सरकारी निकायको पहुँच तथा संस्थागत सबलीकरणमा जोड दिने बताएको छ । आगामी आर्थिक बर्षलाई “समृद्ध र सुन्दर राक्सिराङ” निर्माण कार्य प्रारम्भ गर्ने बर्षकोरुपमा लिइने पालिकाको बार्षिक नीति तथा कार्यक्रममा रहेको छ ।त्यस्तै विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोनाको संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न अधिकतम प्रयास गरिने पालिकाको मुख्य लक्ष्य रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*