राष्ट्रपतिद्वारा बिभिन्न संवैधानिक निकायमा २० जना नियुक्त (नामावलीसहित)

निरन्तर न्यूज
१० असार २०७८, बिहीबार २२:१७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न २० संवैधानिक निकायमा पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेकी छिन् ।

बिहीवार (आज) राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय दलित आयोगमा पदाधिकारी नियुक्त गरेको जानकारी दिएको छ ।

जसअनुसार लोकसेवा आयोगको अध्यक्षमा माधवप्रसाद रेग्मी नियुक्त भएका छन् । त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरिप्रसाद पौडेल र सुमित्रा श्रेष्ठ नियुक्त भएका छन् ।

गत वैशाख २६ गते बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न रिक्त पदाधिकारी तथा सदस्यहरुको नियुक्तीको लागि सिफारिस गरेको थियो । त्यहि अनुसार आज राष्ट्रपति कार्यालयले उक्त नामहरु अनुमोदन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*