काँग्रेस नेता पाैडेल पक्षीय केन्द्रीय सदस्यहरुकाे बैठक बस्दै

निरन्तर न्यूज
११ असार २०७८, शुक्रबार ११:२१

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय समिति सदस्यहरुको बैठक आज बस्दैछ ।

पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक आज दिउँसो २ बजे बस्न लागेको एक नेताले जानकारी दिए ।

भदौँमा महाधिवेशन गर्ने निर्णय भएसँगै कांग्रेसका शिर्ष नेताहरुको दौडधुप बढेको छ । शिर्ष नेताहरुले सभापतिमा दाबेदारी समेत घोषणा गरिसकेका छन् भने आफु पक्षीय नेताहरुको भेलालाई तिव्रता दिएका छन् ।

आजको बैठकमा १४ औँ महाधिवेशनको सम्बन्धमा छलफल गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*