नेपालमा थप २७ सय ६० जनामा काेराेना, ३३ काे मृत्यु

निरन्तर न्यूज
१७ असार २०७८, बिहीबार १७:१८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८५ परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या ६ लाख १ सय ४९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*