मकवानपुरमा एक युवाको शव फेला

निरन्तर न्यूज
१८ असार २०७८, शुक्रबार १५:४६

हेटौंडा । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा एक शव फेला परेको छ ।

नगरपालिकाको वडा नंबर ९ को पाँचधारे खोला किनारमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । शव स्थानीय ४० वर्षीय पदमबहादुर थिङको रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान स्थानीयले शव देखेपछिप्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले प्रहरीलाई जानकारी दिए अनुसार थिङले मादक पदार्थ सेवा गर्ने गरेको र मानसिक सन्तुलन ठिक नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*