मुख्यमन्त्रीको वडामा २८ करोडको कृषि थोक बजार

निरन्तर न्यूज
१८ असार २०७८, शुक्रबार १६:०१

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको घर रहेको हेटौंडा उपमहानगर वार्ड नम्बर ११ मा अन्तरास्ट्रिय स्तरको कृषि थोक बजार बन्ने भएको छ ।

बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा कुल २८ करोड ३६ लाख ५५ हजार रुपैयाँ लागतमा अन्तराष्ट्रिय स्तरको प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।

कृषि थोक बजारको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्‍याङमा कृषि थोक बजार निर्माणको काम सुरु भएको हो । दुइ बिगाहा ४ धुर क्षेत्रफलमा कृषि थोक बजार निर्माण गर्न लागिएको छ ।

कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजार निर्माण सुरु भएको हो ।

थोक बजार स्थापना भईसकेपछि कृषि बजारहरुमा उपयुक्त भण्डारण, सित भण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधाहरुको अपर्याप्तता र अभाव जस्ता समस्याको अन्त्य हुनेछ । कृषि थोक बजार निर्माण भइसकेपछी हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ । यहाँबाट प्याकेजिङ गरेको तरकारी देशका सबै जिल्ला र बिदेशमा समेत लग्न सकिने छ। कोल्डस्टोर्स सहित कृषि सुपर मार्केट निर्माण हुँदा सबैलाई सहज हुने छ ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, मन्त्रालयका सचिब मतिना बैद्य जोशी, उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रम कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रबिन्द्र बहादुर प्रधानको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*