हेटौंडामा अनलाइन मार्फत निशुल्क ब्रीजकोर्स कक्षा

निरन्तर न्यूज
२१ असार २०७८, सोमबार ०९:२७

हेटौंडा । मकवानपुरको हेटौंडा स्थित नेम ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई अनलाईन मार्फत निःशुल्क ब्रिज कोर्ष पढाउने भएको छ ।

हेटौंडा स्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ईन्टिच्युटले एसईई दिएर बसेका विद्यार्थीहरुलाई निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको ईन्टिच्युटका संचालक किशोर अर्यालले बताए । कोरोना संक्रमण जोखिमको कारण निषेधाज्ञाले घरमै बसेका विद्यार्थीहरु मदत होस् भन्ने उदेश्यले ईन्स्टिच्युटले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत अनलाईन मार्फत देशभरका विद्यार्थीहरु निःशुल्क ब्रिज कोर्ष गराउने तयारी गरेको संचालक अर्याले बताए । उनले एसईई दिएका विद्यार्थीलाई विज्ञानको ब्रिज कोेर्ष,व्यवस्थापन संकायको ब्रिज कोर्षको अनलाइन कक्षा निशुल्क संचालन गर्ने बताए ।

अर्यालका अनुसार एक विद्यार्थीलाई १५ हजार खर्च हुने ब्रिज कोर्ष निः शुल्क संचालन गर्न लागिएको हो । इमान्दार र लगशिल विद्यार्थी मात्र उपस्थित हुन् भनेर ५ सय रजिस्टर शुल्क तोकिएको र उक्त शुल्क रकमले कक्षा संचालन अवधि भर शिक्षकका लागि इन्टरनेट जडान गरिदिने र अन्तिममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको लागि पुरस्कारको समेत व्यवस्था गरिएको संचालक अर्यालको भनाई छ ।

अर्यालका अनुसार ब्रिज कोर्ष लिन चाहाने देशभरका विद्यार्थीले आउँदो असार २५ गते भित्र र्फम भर्न सकिने र समयमै र्फम भरेका विद्यार्थीहरुलाई इमेल मार्फत जुम आइडि र पासवर्ड जानकारि दिईनेछ । कोर्ष असार २७ गतेदेखि दैनिक बिहान ३ देखि ४ घण्टाको रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*