हेटौंडामा बढी भाडा लिने सुमो प्रहरी नियन्त्रणमा

निरन्तर न्यूज
३० असार २०७८, बुधबार २२:५८

हेटौंडा । हेटौंडाबाट काठमाण्डौ जादै गरेको सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउसो १ बजेको समयमा हेटौंडाबाट यात्रु लिएर काठमाण्डौ जादै गरेको ना १ ज २४६१ नम्बरको सुमोलाई रोकी यात्रुसंग सोधपुछ गर्दा तोकिएको भन्दा बढि भाडा लिएको पाइएकाले नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।

भिमफेदी गाउँपालिका वडा नं ६ भिमफेदी स्थित हेटौडाबाट काठमाण्डौ यात्रु बोकी जादै गरेको सुमोले बढी विभिन्न गन्तव्यसम्म पुर्‍याईदिन्छु भनि यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिएकोमा नियन्त्रणमा लिई बढी भाडा फिर्ता गराई आवश्यक कारवाही गरिएको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*