मकवानपुर काँग्रेसको सदस्यता बितरणलाई लिएर मुख्यालयमा धर्ना

हेटौँडा । क्रियाशिल सदस्यता वितरणमा नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्र बहादुर बाँनीयाले एकलौटी हालीमुहाली गरेको भन्दै नेपाली कांग्रेसका मकवानपुरका नेताहरुले केन्द्रींय कार्यलय सानेपामा धर्ना दिएका छन् ।
नयाँ क्रियाशिल सदस्यता वितरणमा बानीयाँले एकलौटी गरेको र हुँदै नभएको फोरम लोकतान्त्रीकको सदस्यको नाउँमा २१ जनालाई चुनाव उठाउँने नाउँमा क्रियाशिल सदस्यता दिईएको भन्दै आज कांग्रेस मकवानपुरका नेता माईकल रामचन्द्र अर्याल, नेपाल विद्यार्थी संघका महामन्त्री प्रभातकुमार दाहाल, नेताहरु जयराम लामिछाने, उमा दाहाल, रिता खनाल, पुरुषोत्तम ठकुरी, नारायण उप्रेती, निरु पौडेल, भिमसेन लामा सहितको टोलीले केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् ।
‘कपोकल्पीत ढंगले मुक्ति पुडासैनीलाई फोरमको अध्यक्ष बनाएर गलत तरिकाले गलत मान्छेहरुलाई ल्याएको धर्नामा सहभागी एकले बताए । उनले आफुले चुनाव जित्ने नाउँमा नेतृत्वले हेटौँडाको वडा नंबर २ मा एकलौटी ढंगबाट समायोजन भएका तथा नयाँ सदस्यता वितरण गरिएको तथा हेटौँडा ९ मा पनि वडा इकाइले सिफारिस गरेको भन्दा नयाँ ब्यक्तिलाई सदस्यता दिईएको भन्दै यि काम तत्काल रद्ध गर्न आग्रह गरे ।
यता मुक्ति पुडासैनीले तात्कालिन समयमा कुनै पनि सिफारिस नगरिएको र आफू हाल उक्त पार्टीमा नभएको स्पष्ट पारेका छन् ।
यता लोकतान्त्रिक फोरमले पार्टी समायोजनमा कोही पनि नगएको प्रष्ट पार्न बिज्ञप्ती जारी गरेको छ ।
मकवानपुरको नेतृत्वले विधान, नियमावलीलाई मिचेर गरेको सदस्यता वितरण प्रक्रिया खारेज नभएसम्म आफुहरुको धर्ना कायम रहने दाहालले बताएका छन् ।