विभिन्न पार्टी परित्याग गरि एमाले प्रबेश

निरन्तर न्यूज
३१ असार २०७८, बिहीबार २०:५९

हेटौँडा । हेटौँडा उपमहानगरपालिका १४ का गत स्थानीय तहमा राप्रपाका वडा अध्यक्षका उम्मेद्वार मिनबहादुर घलान सहित ३० जना भन्दा बढी विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका छन् ।

आज मयुरधापमा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उनिहरुलाई एमालेमा स्वागत गरेका हुन् । प्रवेश गर्नेहरुमा मानबहादुर तामाङ,सोमबहादुर गुरुङ, सञ्जय विक, कृष्ण महर्जन, चन्द्रबादुर गोले, भिमलाल गोङवा, गणेश घलान, कमला थिङ, सञ्जय विक लगायतका रहेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशको समृद्धी नेकपा एमालेले मात्र गर्ने बताएका छन् । उनले एमालेमा अहिले देशैभरी प्रवेशको लहर छाएको भन्दै उनले एमाले बाहेक अन्य कुनै पनि दलले देशको समृद्धिको नृतृत्व गर्न नसक्ने समेत बताए ।

कार्यक्रममा एमाले नेता अनन्त पौडेललगायतले नव प्रबेशीलाई स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*