फिलिपिन्समा शान्तिको विकासः एचडब्ल्युपीएल

निरन्तर न्यूज
१ श्रावण २०७८, शुक्रबार २१:४६

काठमाडौं । हेवेन्ली कल्चर, वल्र्ड पिस, रिस्टोरेसन अफ लाईट (एचडब्ल्यूपीएल) ले मिन्दानाओमा ४० वर्षे द्वन्द्वको लागि शान्ति सम्झौतामा हस्ताक्षर गर्न राजनीतिक र धार्मिक अगुवा लगायत स्थानीय प्रतिनिधिहरूलाई प्रस्ताव राखेको छ ।

नागरिक समूहको नेतृत्वमा रहेको शान्ति सम्झौताको कार्यान्वयन भइरहेको छ बताउँदै सो संस्थाले फिलिपिन्सको सरकार र मोरो जनताबीच शान्ति सम्झौताको लागि शान्तिको वातावरण सिर्जना गर्न योगदान गर्दैआएको छ ।

एचडब्ल्यूपीएल फिलिपिन्समा जून २०१३ देखि गरिब बस्तीहरुमा राहत ल्याउने, अन्तरविश्वासीय सद्भावका लागि धार्मिक अगुवाहरूसँग कुराकानी गर्ने र शान्तिका लागि युवा नेटवर्क स्थापना गर्ने लगायतका विभिन्न कार्यक्रमहरू र गतिविधिहरू आयोजना गर्दैआएको छ ।
एचडब्ल्यूपीएलले जनवरी २०१४ मा मिन्दानाओ, जनरल सान्तोस, फिलिपिन्समा पहिलो शान्ति पदयात्रा उत्सव आयोजना गरेको थियो । दुबै धर्मका विश्वासीहरू, मिन्दानाओ राज्य विश्वविद्यालयका विद्यार्थीहरू, र अन्तर्राष्ट्रिय शान्ति युवा समूहका सदस्यहरूसहित एक हजारभन्दा बढी व्यक्तिहरूले भाग लिएका थिए ।

सोही दिन, इस्माएल मंगुदादटु, मागुइन्दानाओका गभर्नर र क्याथोलिक आर्कबिशप लगायतका प्रतिनिधिहरूले शान्ति निर्माण र युद्ध रोक्न सम्झौतामा हस्ताक्षर गरेका थिए । । एचडब्ल्यूपीएलका अनुसार, मिन्दानाओ शान्ति सम्झौताले नागरिक–केन्द्रित चेतना सुधार र कार्यमा आधारित शान्तिको प्रस्ताव राखेको हो ।

संस्थाले शान्तिमय विकासको लागि मूलभूत मूल्यलाई सुदृढीकरण गर्न, शिक्षा, धर्म, युवा, र महिलासहित, नागरिक समाज केन्द्रित शान्ति पहलहरू गर्न स्थानीय समुदायसँग सहकार्य गर्दैआएको छ । एचडब्ल्यूपीएलका अध्यक्ष मान ही लीले शान्तिको लागि सम्झौता हस्ताक्षर सहभागीहरूलाई देखाइएको बेला मध्यस्थले शान्ति सम्झौताको व्याख्या गरी फोटो खिचिएको स्मरण गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*