ओलीको अहंकारको पराजय : नेता रिजा

निरन्तर न्यूज
३ श्रावण २०७८, आईतवार २१:०१

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालले लोकतन्त्र र संविधानवाद विजयी भएको बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले केपी शर्मा ओलीको अहंकारले पराजय भोगेर नेपालमा लोकतन्त्र र संविधानवाद विजयी भएको बताए ।

संविधानवादलाई विजयी गराएकोमा सर्वोच्च अदालतप्रति सम्मान समेत उनले व्यक्त गरे।

उनले भने,”अहंकारको भाव सुनियो । सत्य एउटै हुन्छ । सत्य मैले देख्या छु भन्ने भाव । त्यो सत्य देख्या छु सत्य एउटै हुन्छ भन्ने एकाधिकार जनाउने प्रवृत्ति आज परास्त भएको छ । लोकतन्त्र विजयी भएको छ । संविधानवाद विजय भएको छ । त्यसैले संसदले सम्मान व्यक्त गर्नुपर्दछ अदालतका लागि । अदालतलाई यो काम गरेकोमा । अहिलेपनि हामीहरु आफ्ना सीमाहरुलाई नर्बिसौँ ।”

उनले केपी शर्मा ओलीले हिजो प्रचण्ड र माधव नेपाललाई देखाएर दुई तिहाईको मत देखाएको भएपनि अहिले उनैविरुद्ध आक्रमण गरेको बताए । ओलीले अदालतमाथिनै आक्रमण गरेको पनि उनले बताए ।

उनले भने,”संविधानलाई पांग्रा भत्काउँदै आफ्ना पक्षमा प्रयोग गर्दा सबै ठिक हुने । संविधानले आफुलाई छेउमा लगाइदियो भने गलत हुने । हिजो दुई तिहाई भन्दा पुष्पकमल दाहाल प्रचण्डको अनुहार देखाएर दुईतिहाई हुने, माधवकुमार नेपालको पनि अनुहार देखाएर दुई तिहाई हुने । आज उनको सम्मान गर्न नसक्दा । अनि यो अवस्था ब्यहोरेपछि अनि उहाँहरु माथिकै आक्रमण । त्यतिले नपुगेर, अदालतका माथि आक्रमण।”

ओली सरकारले विगत डेढ वर्षदेखि नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गरेको सांसद रिजालले बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*