आज मकवानपुरका ८४ जनामा काेराेना पुष्टि

निरन्तर न्यूज
५ श्रावण २०७८, मंगलवार १७:१९

हेटौंडा । मकवानपुरमा मंगलबार २६६ जना कोरोना परीक्षण गरेकोमा ८४ जना व्यक्तीमा कोरोना पुष्टि भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा आज ७८ जनाको एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा २९ जनामा र पिसिआर बिधिबाट १८८ जनाको कोरोना परीक्षण गर्दा ५५ जनामा गरी ८४ जनामा कोरोना पुष्टि भएको हो।

आज मकवानपुरमा कोरोना संक्रमितको संख्या ३१ प्रतिशत रहेको छ।आज सबैभन्दा बढी कोरोना पुष्टि हुनेमा हेटौँडा नगर भित्रका रहेका छन। दुबै बिधिबाट हेटौँडामा ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*