जसपाको संसदीय दलको विधान पारित, अनुमोदनका लागि कार्यकारिणी समितिमा

निरन्तर न्यूज
५ श्रावण २०७८, मंगलवार १७:३७

काठमाडाैं। जनता समाजवादी पार्टि नेपाल (जसपा) को संसदीय दलको विधान पारित भएको छ।

आज मंगलबार दिउँसो सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकले ‘संघीय संसदीय दलको विधान २०७८ ‘ पारित गर्ने  निर्णय गरेको हो।

बैठकमा प्रस्तुत मस्यौदामाथी ब्यापक छलफल गरि सदस्यहरुबाट अएका सुझावका आधारमा संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरिएको जसपाले जनाएकाे छ।

बैठकमा विधानका सम्बन्धमा प्राप्त सुझावहरुलाई समावेश गर्न सांसदहरु रामसहायप्रसाद यादव र मोहम्द इस्तियाक राईलाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ।

उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय भएको जनाएको छ।

संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए। दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाइने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*