नेपालमा आज ३ हजार ९१५ जनामा काेराेना पुष्टि

निरन्तर न्यूज
२९ श्रावण २०७८, शुक्रबार २०:२८

हेटौंडा । नेपालमा आज थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट २ हजार ७६३ र एन्टीजेन परिक्षणबाट १ हजार १५२ गरि थप ३ हजार ९१५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २११८ जना संक्रमण मुक्त भएका छन् । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप २७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २३९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*