नेपालमा आज २६ सय २४ जनामा कोरोना, २० जनाकाे मृत्यु

निरन्तर न्यूज
३१ श्रावण २०७८, आईतवार २१:२५

काठमाण्डाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २६ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ७३ जनामा गरिएको परीक्षणमा २६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ भने १३ सय २० जना निको भएर फर्किएका छन् । हाल देशभर ३९४०५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १०२५९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*