एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ

निरन्तर न्यूज
२१ भाद्र २०७८, सोमबार २०:३५

काठमाडौँ । एमसीसीको विरोध गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का ६ जना कार्यकर्तालाई एमसीसीको विरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ६ जना अमेरिकी राजदूतावास अघिबाट पक्राउ परेका हुन् ।

केही दिन अघिमात्रै गृहमन्त्रालयले एमसीसीको विरोध र भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, अन्तर्राष्ट्रिय सम्वन्धलाई असर पार्नेलगायतका गतिविधि गर्नेलाई तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । मित्रराष्ट्रसँगको सम्बन्धमा आँच आउने गतिविधि बढेको भन्दै गृह मन्त्रालयले कारबाहीको चेतावनी समेत दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*