बागमती प्रदेशकी मुख्यमन्त्रीले थपिन १० मन्त्री

निरन्तर न्यूज
२३ भाद्र २०७८, बुधबार २१:३३

हेटौँडा । अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यन्त्री अष्टलक्ष्मी शाक्यले  मन्त्रीमण्डल विस्तार गरेकी छन् । मुख्यन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री गरि कुल १० जना नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद् विस्तारसँगै नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। उनीहरूले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष शपथ लिएका हुन्।

आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.अजय क्रान्ति शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकास मन्त्री विजय सुवेदी, स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामा नियुक्त भएका छन्।

त्यसैगरी पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सरस्वती बाटी, सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली नियुक्त भएका छन्।

बुधबार विस्तार भएसँगै बागमती प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएको छ ।

केही सांसदहरूले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ । बागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । सपथ कार्यक्रममा पत्रकारहरूलाई प्रवेश दिइएको थिएन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*