ओलीले उद्धघाटन गरेका १४ सय सडक बजेटबाट हटाइयो

निरन्तर न्यूज
२५ भाद्र २०७८, शुक्रबार २२:२०

काठमाण्डाैँ । सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेकै बिचबाट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत ल्याएको छ ।

एमाले सांसदले नारावाजी गरिरहेपनि अर्थमन्त्री जर्नादन शर्माले संसदमा प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट सार्वजनिक गरेका हुन् । केपी शर्मा ओली सरकारले ल्याएको बजेट भन्दा कम सरकारले प्रस्तुत गरेको छ ।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा ओली सरकारले समेटको प्रत्येक पालिकाको केन्द्र जोडने गरि १४०० वटा सडक योजना हटाइएको छ ।

अघिल्लो बजेटको तुलनमा १६ अर्ब ७४ करोड रूपैयाँले घटाइएको बजेटमा स्रोत अभावको कारण देखाउँदै उक्त सडकका आयोजना हटाइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*