क्यामरुनको एभिनियर मकवानपुर गोल्डकपकाे सेमीफाइनलमा

निरन्तर न्यूज
२६ जेष्ठ २०७९, बिहीबार २१:२०

हेटौंडा । क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबार दिउँसो भएको अन्तिम क्वार्टरफाइनल खेलमा जित निकाल्दै एभिनियर सेमीफाइनलमा प्रवेश गरेको हो ।
क्यामरुनको एभिनियर एफसीले नेपालको ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो । चारै गोल पहिलो हाफमा सम्भव भएको थियो । एभिनियरले खेलको आठौं मिनेटमा बिल्लेको गोल मार्फत एभिनियले अग्रता लिएको थियो ।
यस्तै २७ मिनेटमा टिम्बा टिम्बाले अग्रता दोब्बर बनाए । उनले हाफ भली मार्फत उत्कृष्ट गोल गरेका थिए । यस्तै ३५ औं मिनेटमा चर्च ब्वाइजका गोलरक्षक किशोर गिरीलाई छक्याउँदै एब्डेलले गोल गरे । ४० औं मिनेटमा सेम सेमको प्रहार गोलरक्षक गिरीको हातमा लाग्दै गोल भएको थियो ।
दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रश्तुत गरेका थिए । यो संगै स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकपको सेमीफाइनल समीकरण पूरा भएको छ । शुक्रबारबाट सेमीफाइनल खेल हुनेछ । पहिलो सेमीफाइनलमा विजय यूथ र नेपाल पुलिस क्लव खेल्नेछ भने शनिबार दोस्रो सेमीफाइनल त्रिभुवन आर्मी क्लव र एभिनियर एफसीको बीचमा हुनेछ ।
३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*