प्रशारण लाइनमा मान्छे चढेपछि ६ घण्टादेखि माथिल्लो त्रिशुलीको उत्पादन बन्द

निरन्तर न्यूज
२८ जेष्ठ २०७९, शनिबार २०:१५

काठमाडौं । नुवाकोटको ककनीमा एक व्यक्ति विजुली प्रशारण लाइनमा चढेपछि करिब ६ घण्टादेखि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द भएकाे छ ।

प्रहरीका अनुसार प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका ती व्यक्ति बेल्कोटगढी नगरपालिका-१३ घलेगाउँका ४४ वर्षीय माइला विक हुन् ।

उनी ६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।

प्रहरी र स्थानीय वासिन्दाले उनलाई सकुशल तल ओराल्ने प्रयास गरेपनि सकेका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*