आज देशभर २८ जनामा कोरोना

निरन्तर न्यूज
६ असार २०७९, सोमबार २०:४७

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ८६२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै २ हजार ५२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल १२० जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १० जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ३१० जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ लाख ४७ हजार ५५४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*