एन्फा अध्यक्षमा पंकज नेम्वाङ बिजयी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन्। सोमबार पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा नेम्वाङले अघिल्लो कार्यकालमा अध्यक्ष रहेका कर्माछिरिङ शेर्पालाई पराजित गरेका हुन । नेम्वाङ ४५ मत ल्याएर विजयी हुँदा शेर्पाले ३९ मत प्राप्त गरे।
मतदानमा कुल ८४ मत खसेको थियो । एन्फाको केन्द्रिय निर्वाचनका लागि कुल ८७ मत भए पनि दुई वटा जिल्ला भक्तपुर र सिन्धुलीमा चुनाव हुन नसक्दा मताधिकारबाट वञ्चित भएका थिए ।