हेटाैँडाका लामा एन्फा केन्द्रिय सदस्य निर्वाचित

निरन्तर न्यूज
७ असार २०७९, मंगलवार ०६:५०

हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको सदस्यमा मकवानपुर जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा निर्वाचित भएका छन । फुटबल संघको नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनमा ४१ मत प्राप्त गरी लामा सदस्यमा निर्वाचित भएका हुन ।

एन्फाको अध्यक्षमा पंकजबिक्रम नेम्बाङ ४५ मतसहित निर्वाचित भए भने अध्यक्ष पदका अर्का उम्मेदवारी कर्माछिरिङ शेर्पाले ३९ मत पाएर पराजित भए । निर्वाचनमा ८४ मत खसेको थियो । लामाले कर्माछिरिङको प्यालनबाट उम्मेदवारी दिएका थिए ।

एन्फाको २१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलका १२ जना र शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जना निर्वाचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*