सत्तारुढ गठबन्धन बैठकले गर्याे यस्ता निर्णय

निरन्तर न्यूज
८ असार २०७९, बुधबार २१:४९

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। बैठकले संसदमा विचाराधीन विवादास्पद नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा गठवन्धनले सो निर्णय लिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बुवा आमा नागरिक तर सन्तानले नागरिकता नपाउने जुन पीडा छ, त्यसलाई सम्बोधन गर्दै नागरिकता विधयेकलाई टुंगोमा पुर्याउने सहमति भएको छ,’ कार्कीले भने ।

केही प्रक्रिया पूरा गरेर नागरिकता विधयेक चाँडै संसदमा पेश गरिने उनले जानकारी दिए ।

आजको वैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा पनि छलफल भएको थियो । साथै, देशमा अस्वभाविक रुपमा बढेको महंगी नियन्त्रणबारे पनि कुराकानी भएको उनले जानकारी दिए।

मन्त्रिपरिषद पुनर्गठनबारे भने छलफल नभएको उनले बताए ।

यता नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयनका लागि अध्यक्ष माधव नेपालमाथि दबाब बढेको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा नेताहरुले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषयमा प्रश्न उठेका थिए ।

एकीकृत समाजवादीले जेठ २२ मा आफ्ना चार मन्त्री फेर्ने निर्णय गरेको थियो । एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय कार्यान्वयन नगरेपछि नेताहरुले बैठकमा अध्यक्ष नेपालको ध्यानाकर्षण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*