मापसे चेकिङमा कडाई गर्न मकवानपुर ट्राफिकलाई मेसिन सहयोग

निरन्तर न्यूज
८ असार २०७९, बुधबार २१:५९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ब्रेथलाइजर मेसिन सहयोग गरेको छ ।

मादक पदार्थ सेवनबाट दैनिक भइहेको सवारी दुर्घटना न्यूनीकरणका लागि उपमहानगरले सक्रियता देखाउँदै मेसिन सहयोग गरेको हो । उपमहानगरका मेयर मीना लामा र उपमेयर राजेश बानियाँले ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापालाई ५ वटा मेसिन सहयोग गरेको हो । करिब ५ लाख रुपैयाँ बराबरको मेसिन सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

‘ट्राफिकका लागि आवश्यक सामग्री हामीले हस्तान्तरण गरेका हौं । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आगामी दिनमा पनि हामी हातेमालो गर्न तयार छौं ।’, मेयर लामाले भनिन् । उनले मेसिनले सवारी दुर्घटना न्यूनीकरण पुग्नेमा विश्वास व्यक्त गरे ।

ट्राफिक प्रहरी प्रमुख निरीक्षक मुनेन्द्र थापाले बजारको ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना घटाउन उपमहानगरसँग सदैव सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले दैनिकरुपमा उपमहानगरको विभिन्न स्थानमा ब्रेथलाइजर मेसिनबाट मापसे चेकिङ गरिने समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*