हेटाैँडामा हराएका मोटरसाइकलहरु फेला पारी धनीलाई हस्तान्तरण

निरन्तर न्यूज
९ असार २०७९, बिहीबार ०७:२९

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई फिता गरेको छ । मकवानपुरको दुई स्थानबाट चोरी भएका मोटरसाइलक फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाइएको मंगलबार प्रहरीले मोटरसाइकल हस्तान्तरण गरेको हो ।

यही असार ५ गते राती पर्सा जगरनाथपुर–६ घर भई हाल हेटौडा उपमहानगरपालिका–८ कमाने बस्ने ददिवल चौधरीको हेटौडा–८ कमाने स्थित देबकी माया दुबेदीको घर अगाडीबाट ०२–०३–००७ प ८४१८ नम्बरको मोटरसाइकल चोरी भएको थियो । त्यस्तै असार ६ गते हेटौडा २ बस्ने डानियल न्यौपानेको आफ्नै घरबाट बा.प्र.०३–००२ प ७२८१ नम्बरको स्कुटर चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएपछि दुबैले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खोजतलास गर्न निवेदन दिएका थिए । सोही निवदेनको आधारमा प्रहरी चौधरीको मोटरसाइकल हेटौडा–७ र न्यौपानेको हेटौडा–८ कमानेबाट फेला पारी बुझाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*