आजबाट मकवानपुरका बालबालिकालाई फाइजर खाेप लगाइने

हेटाैँडा । आजबाट मकवानपुरका बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खाेप लगाइने भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात प्रदेशका २७ जिल्लाका ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप विद्यालयमै दिइन लागिएको हो ।
मकवानपुरमा १० बजे पछाडी आजबाट स्थानीय तह र बिद्यालयसँग समन्वय गरेर खाेप अभियान शुरु हुने स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । स्थानीय तह अन्तर्गतसँगकाे याेजना बैठक गरेर समन्वयात्मक ढंगले खाेप अभियानलाई तिब्रता दिइने सूचना अधिकारी घिमिरेले जानकारी दिए । जिल्लाभरका ६१ हजार ७५ जना बालबालिकालाई याे खाेप लागइने कार्यालयकाे लक्ष्य रहेकाे घिमिरले जानकारी दिए ।
बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।
यस खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।