काठमाडौको एक जुत्ता-चप्पल कारखानामा आगलागी

निरन्तर न्यूज
२५ श्रावण २०७९, बुधबार १३:०८

काठमाडौं। काठमाडौंको बालाजु बाइसधारामा रहेको जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको छ । कारखानामा आगलागी भएलगत्तै दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।

उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरका अनुसार अहिले दमकलसहित सुरक्षाकर्मी र स्थानीयबासीले आगो निभाइरहेका छन्।

आगलागीमा मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*