हेटौंडामा बनेको २१ कोठे बिद्यालय भवनको शिक्षा मन्त्रीले गरे उद्घाटन

निरन्तर न्यूज
२५ श्रावण २०७९, बुधबार १९:४४

हेटौंडा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको महेन्द्र माध्यामिक विद्यालयको नवनिर्मित २१ कोठे भवनको बुधबार उद्घाटन गरेका छन् ।
जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण सम्पन्न विद्यालय भवन ६ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । भवन उद्घाटन गर्दै शिक्षामन्त्री पौडेलले सामुदायी विद्यालयहरुलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षामा जोड दिन आग्रह गरे ।
२०७२ सालको विनाशकारी भुकम्पका कारण विद्यालयको भौतिक संरचनामा क्षति पुगेको थियो । विद्यालय भवन पुनःनिर्माण कार्यक्रम अन्तर्गत विद्यालयको २१ कोठे भवन निर्माण गरिएको हो । नवनिर्मित भवनमा विद्यालयको सम्पूर्ण शैक्षिक क्रियाकलाप गर्न सकिने गरि निर्माण गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*