पूर्बप्रधानमन्त्री नेपाललाई कोरोना संक्रमण

निरन्तर न्यूज
२७ श्रावण २०७९, शुक्रबार ०७:५८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ। बिहीबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ।’ उनका अनुसार उनमा कोरोनाको सामान्य लक्षण देखिएको छ। आफू घरमै आराम गरिरहेको पनि उनले जानकारी दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*